काठमाडौं : आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा ७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।






