काठमाडौं: विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ४५ हजार ९ सय २५ पुगेको छ भने नेपालमा १८३ जना र थप पुष्ठि गर्न बाकी ८ जना सहित १९१ जनाको मृत्यु भएको छ जुन स्वास्थ्य मन्त्रालयले पुष्ठि हुन बाकी छ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ जहाँ १ लाख ८६ हजार ८ सय २५ जनाको ज्यान गएको छ।
हालसम्म विश्वभर २ करोड ५१ लाख ५३ हजार १ सय ६४ जनामा कोरोना संक्रमण देखिसकेको छ।
यसमध्ये २ लाख ५३ हजार ९ सय ५८ जना पछिल्लो २४ घन्टामा थपिएका संक्रमीत हुन।
देशभर कोरोना सङ्क्रमितको संख्या ३७हजार ३ सय ४० पुगेकाे छ ।






