Home / Society / प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग

प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले इन्द्रावती–३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग प्रदान गरेका छन्।

महेन्द्र माविबाट एसइई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो।

उनले विद्यालयस्तरमा अध्ययनरत दुई विद्यार्थीलाई जनही रु दुई हजार ५०० का दरले छात्रवृत्ति प्रदान गरे। प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग प्रदान गर्ने उनले बताए।

त्यस्तै, शैक्षिक प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउने गरी गाउँपालिका लागिपरेको बताए। वडा नं ३ का अध्यक्ष देवप्रसाद बानियाँले आउँदो आर्थिक वर्षदेखि थप शिक्षक उपलब्ध गराउने वचन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *