विराटनगर : प्रहरीले जबर्जस्ती करणी उद्योगका एक आरोपीलाई पक्राउ गरेको छ। मोरङको जहदा गाउँपालिकाकी अविभावकविहीन ११ वर्षीया बालिकामाथि जबर्जस्ती गर्ने ४५ वर्षीया राजेन्द्र सरवरियालाई पक्राउ गरिएको हो।
पीडितको पक्षबाट उनकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले किटानीसहित प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही अनुसार सुनसरीको साहेबगन्जको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार जहदा गाउँपालिका १ स्थित धुनिटोलमा ११ वर्षीया बालिकामाथि बलात्कार भएको आफन्तको दाबी छ।सरबरियालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उक्त घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको राईले बताइए।
सरबरिया साहेबगन्ज हुँदै भारतको दिल्ली जाने र त्यहाँबाट जाहेरी दिनेलाई बदला लिने धम्की दिने गरेको कारण सो घटनालाई गाउँमा एक सातासम्म ‘गुपचुप’ पारिएको थियो।






