काठमाडौं : सरकारले काेभिड १९ विरुद्धको दाेस्राे चरणकाे पहिलाे खाेप संघीय संसदका सांसदहरुलाई १९ गतेदेखि दिने निर्णय गरेकाे छ।
२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खाेप दिने तालिका भए पनि सांसदहरुलाई त्यो भन्दा पहिले नै कोभिड १९ खाेप दिइने भएकाे हाे।
१९ गतेदेखि खाेप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाकाे सूची तयार पारिएकाे छ।उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खाेप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।






