ओसाका: पछिल्लो समयमा जापानमा कोरोना भाइरस संक्रमण द्रुत गतीमा बढे संगै गो टु ट्राभल्स क्याम्पियन बन्द गरिएको छ।
सनिबार एकैदिन ३ हजार भन्दा बढिमा कोरोना संक्रमण पुस्ठी भएपछि आइतबार प्रधानमन्त्री सुगा योसिहिदेले उक्त क्याम्पियन स्थगन गरिएको घोषणा गर्नु भएको हो।
जापानको राजधानी टोकियो र अर्को ठुलो सहर नागोयाबाट उक्त क्याम्पियन हटाए संगै गो टु ट्राभल्स कार्यक्रम प्रभावित भएको हो।
जापान को दोश्रो ठुलो सहर ओसाका र अर्को प्रमुख सहर होक्काइतोबाट यस अघि नै उक्त कार्यक्रम हटाइएको थियो।
कोरोना भाइरसका कारण सुस्त बनेको अर्थतन्त्रलाई केहि सुधार गर्ने हेतुले केहि महिना अघि संचालन गरिएको उक्त क्याम्पियन अनिस्चित बनेको छ।






