Home / Nepal / News / मानव बेचविखन गर्ने फरार अभियुक्त अनिता तामाङ पक्राउ

मानव बेचविखन गर्ने फरार अभियुक्त अनिता तामाङ पक्राउ

काठमाडौं : आकर्षक तलबको प्रलोभन देखाएर गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याएर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ स्थायी घर भएका गणेश कुमार लोंवा र सिन्धुपाल्चोककी अनिता तामाङ भनिने अनिता सुनुवार रहेको मानव वेचविखन अनुसन्धान व्युराले जनाएको छ। 

उनीहरु मध्य लांवालाई व्यूरोबाट खटिएको प्रहरी अधिकृतको टोलीले मंसिर १६ गते महाराजगञ्ज पानिपोखरीबाटे पक्राउ गरेको थियो भने उक्त मुद्दामा फरार रहेका प्रतिवादी मध्येकी अनिता सुनुवारलाई खोजतलास गर्ने क्रममा आज चावहिल कुमारीगाल क्षेत्रबाट पक्राउ परेको व्युरोले जनाएको छ। 

उनीहरुले ५ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, खाडी मुलुक (दुवई कतार), मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म पुर्याइ   बिक्री गरेको मानव वेचविखन अनुसन्धान व्युरोले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। 

उनीहरुले आकर्षक तलबको प्रलोभन देखाएर शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४, ५ महिनासम्म बन्धक बनाइराखेको थिए। बेचिएका नेपालीले कोही नभएको मौका पारी भागेर नेपाली दूतावासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएको र नेपालबाट नै पीडितहरुले दिएको जाहेरीको आधारमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको व्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *