Home / Nepal / News / नर्स र मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गते हुने

नर्स र मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गते हुने

काठमाडौं : नर्स तथा मिडवाइफको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा आउँदो भदौ १९ गते हुने भएको छ।

नेपाल नर्सिङ परिषद्ले मंगलबार सूचना जारी गर्दै पीसीएल वा बीएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थीहरुको लाइसेन्सका लागि भदौ १९ गते परीक्षा हुने जनाएको हो।

परीक्षाका लागि यही साउन १० देखि भदौ ७ गतेसम्म एक हजार ६०० रुपैयाँ र भदौ ८ देखि भदौ १३ गतेसम्म तीन हजार १०० रुपैयाँ तिरेर अनलाइन फारम बुझाउन सकिने परिषद्को सूचनामा उल्लेख छ। परीक्षा बिहान ९ देखि ११ः३० बजेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *