Home / Politics / बाटो बिराएका माधव नेपाल समूहलाई आम माफी दिन्छौं – केपी शर्मा ओली

बाटो बिराएका माधव नेपाल समूहलाई आम माफी दिन्छौं – केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गर्नु भएको छ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनु भएको हो।

‘ घर छोडेका, बाटो बिराएका, भड्किएका साथीहरुलाई यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई आममाफी दिइनेछ।

ओलीले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै भनेका छन ‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं, आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं।’

ओलीले भने, ‘पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो बिजय यात्रालाई कसैले पनि रोक्न सक्दैन ।

ओलीले कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति ब्यहोरेको स्मरण गर्दै ‘ओलीले एकजुट भएर अगाडि बढ्न सबैमा आग्रह गरेका छन्।l

Leave a Reply

Your email address will not be published. Required fields are marked *