Home / Society / चितवनमा भालुको आक्रमणमा परी एक पुरुषको मृत्यु

चितवनमा भालुको आक्रमणमा परी एक पुरुषको मृत्यु

चितवन : चितवनको माडीमा जंगली भालुको आक्रमणबाट पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोट रहेको बुझीएको छ।

बुधबार विहान बाँसको तामा खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव भेटिएको थियो ।

ईलाका प्रहरी कार्यालय माडीका अनुसार मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेको र शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको जानकारी दिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *