Home / Nepal / News / पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

काठमाडौं : पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । कोरोना संक्रमण निको भएको केही दिनमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । काठमाडौंको बानेश्वरस्थित घरमै उनको निधन भएको थियो । बिहीबार बिहान उनको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । पञ्चायतमा पनि उदार खेमामा रहेका उनी जनमतसंग्रह पछि भने थापासँग नजिक भएका थिए । “कोरोना रिपोर्ट नेगेटिभ आएको पनि ३–४ दिन भएको थियो,” आज बिहान उहाँको मृत्यु भयो । उहाँमा मुटुको समस्या पनि थियो ।”

उनका दुई छोरा र चारजना छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *