Home / Nepal / News / दक्षिण कोरियामा ४ महिना यताकै सबै भन्दा धेरै कोरोना संक्रमीत

दक्षिण कोरियामा ४ महिना यताकै सबै भन्दा धेरै कोरोना संक्रमीत

दक्षिण कोरियामा कोरोना भाइरसबाट चार महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन
अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको छ कोरियाको स्वास्थ मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिए संगै कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १५ हजार ३८१ पुगेको छ ।

सरकारले आज सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३सय ५ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता सहित प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ।


सङ्क्रमितहरुको संख्याका आधारमा कोरियाली सरकारले नागरिकका गतिविधिमा कहिले कडाई त कहिले खुकुलो गरिरहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *