काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४, कलंकीस्थित जगदम्बा गजुरमुखी गेस्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सविन मानन्धर छन् । उनलाई फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटेलमा बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको हो ।






