काठमाडौं: कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ७ लाख ६७ हजार ९ सय ३७ नाघेको छ।
आइतबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ७ लाख ६७ हजार ९ सय ३७ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ७२ हजार ५ सय ४६ जनाको ज्यान गएको छ भने ब्राजिलमा १ लाख ७ हजार २ सय ९७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म विश्व भरिमा संक्रमितको संख्या २ करोड १५ लाख ८२ हजार ९ सय ३ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १ करोड ४३ लाख १२ हजार ९ सय ६१ जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा २६ हजार १९ जना संक्रमीत मध्धे १सय २ जनाले ज्यान गुमाएका छ्न भने १७ हजार २ सय १ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।






