Home / Nepal / News / उपत्यकामा १७२ जना सहित ६४१ जनामा थप कोरोना पुस्टी

उपत्यकामा १७२ जना सहित ६४१ जनामा थप कोरोना पुस्टी

काठमाडौं: काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेवर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्  । 

 गौतमका अनुसार काठमाडौंका १२६ जना, ललितपुरमा ३८जना र भक्तपुरमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन। उपत्यका सहित २४ घन्टामा ६४१ जनामा नयाँ कोरोना संक्रमण देखिएको छ।

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। जसका कारण काठमाडौ लगायत देशका विभिन्न स्थानको जनजीवन कष्टकर बन्दै गइरहेको छ।

सर्बसाधारण मात्र नभएर स्वास्थकर्मी तथा सुरक्षाकर्मी समेत प्रभावित भएपछि स्वास्थ प्रणालिमा नै थप चुनौती थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *