Home / Nepal / News / सरस्वती ज्ञवालीको नयाँ कवितासंग्रह सार्वजनिक

सरस्वती ज्ञवालीको नयाँ कवितासंग्रह सार्वजनिक

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ ।  कवियत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छन् । ‘स्वभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरू पनि समेटिएको छ । 

कविता संग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छन् । कवियत्री ज्ञवाली आफैँ पनि अपाङ्गता भएकी छोरीको अविभावक हुन् । संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शीर्षकमा नेपाली नारीहरुमाथिको उत्पीडनलाई उतारिएको छ ।  यस्तै ‘कविता संग्रहको आवाज’ शीर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । 

फरक शारिरीक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ ।  कवियत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *