तस्बिर: श्रीधर न्यौपानेको फेसबुकबाट
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परि हराइरहेका ३८ जना मध्ये ४ जनाको लास भेटिएको छ।
बाकी हराइरहेका ३४ जनाको नेपाली सेना र नेपाल प्रहरीको टोलि र स्थानीयबासीले खोजी रहेका छ्न।
पहिरोमा परेका घरहरु पुर्णरुपमा पुरिएका कारण बेपत्ता सबैको मृत्यु भएको अनुमान गरिएको छ।
हालसम्म ५ जनालाइ उद्धार गरी उपचारकालागी जिल्ला अस्पताल चौतारा पठाइएको जानकारी जिल्ला प्रहरी कार्यलय चौताराले दिएको छ।






