सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा आज बिहान करिब ६:३० बजे गएको पहिरोमा ३ दर्जन घर पुरिएको प्रारम्भिक अनुमान छ।
प्रत्येक घरमा ३ देखि ५ जना सम्म रहेकाले पहिरोमा पुरिएर दर्जनौं हाताहाती भएको हुन सक्ने जनाइएको छ।
कतिको मृत्यु भयो, यकिन तथ्यांक अझै आइसकेको छैन। जिल्ला प्रहरी कार्यलयले दिएको जानकारी अनुसार अहिले नेपाली सेना र नेपाल प्रहरीको टोलि र स्थानीयबासी उद्धारमा जुटेका छन्।
हालसम्म ५ जनालाइ उद्धार गरी उपचारकालागी पठा एको जानकारी दिइएको छ। घटनास्थल वरपर केही लास हरु देखिएपनी मृत्यु भएका मानिसको संख्या यकिन हुन सकेको छैन।
घटनास्थलमा अहिले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली पुगेको छ।






