Home / Nepal / News / फेरि कोरोना भाइरसका २१३ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

फेरि कोरोना भाइरसका २१३ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका २१३ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका २१३ संक्रमित थपिएका हुन् । 

जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।

देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् ।

दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । 

देशभरका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । 

देशभरका विभिन्‍न अस्पतालबाट ४६७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा पुरुषहरु ३९९ जना र ६८ जना महिला रहेका छन् ।

देशभर हालसम्म ९६ हजार २०५ पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी देशभर जनाको एक लाख ४५ हजार ४९ जनाको आरडीटी परीक्षण गरिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *