Home / Nepal / News / जसपामा अध्यक्षहरुको लाग्यो टुंगो, बाबुराम, महन्त र उपेन्द्र तीनैजना

जसपामा अध्यक्षहरुको लाग्यो टुंगो, बाबुराम, महन्त र उपेन्द्र तीनैजना

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्षमण्डलको टुंगो लागेको छ । आज सकिएको बैठकले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर, केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव टुंगो लागेको छ ।

अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । स्रोतका अनुसार महतो वरीयता क्रममा पाँचौं नम्बरमा रहनेछन् ।

पदाधिकारी टुंगो लागेपछि जसपाका नेताहरूले दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग गएको स्रोतले जानकारी दियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *