Home / Nepal / बिर्तामोडको बीएण्डसी हस्पिटलका एक जना डाक्टर र ११ जना नर्समा कोरोना सङ्क्रमण

बिर्तामोडको बीएण्डसी हस्पिटलका एक जना डाक्टर र ११ जना नर्समा कोरोना सङ्क्रमण

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

सङ्क्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरूको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनुभयो ।
सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ । यसैगरी, आइतबार झापामा थप ३१ जनामा कोरोना पुष्टि भएको र एक जनाको मृत्यु भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईंले बताउनुभयो ।

कनकाई नगरपालिका-३ की ४५ वर्षीय एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको र मेचीनगरमा पाँच जना, बिर्तामोडमा स्वास्थ्यकर्मीसहित १५ जना, कमलमा ११ जना थप नयाँ कोरोना सङ्क्रमित भएका छन् । योसँगै झापामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ६७६ जना पुगेको र ४८१ जना सङ्क्रमितहरू डिस्चार्ज भएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *