काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो समय द्रुत गतिमा फैलिएको संक्रमणका कारण भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको हो ।
मंगलबार बिहानसम्म भारतमा १ लाख ३११ जनामा कोरोना पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतमा ३ हजार ८१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ६४२ कोरोना संक्रमित थपिएका छन् ।
३९ हजार २३३ संक्रमित निको भएर घर फर्किसकेका छन् । ५७ हजार ९५१ जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।






