नेपालगन्ज: नेपालगञ्ज उपमहानगरपालिका – ९ का ५ ९ वर्षीय युवराज विक्रम घलेको कोरोनाबाट मृत्यु भएको छ।
उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई लामो समय देखि मधुमेह र मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो।
भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बस्नुभएको थियो।
उहाँको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको घलेको उपचारकै क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।
घले संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।






