काठमाडौं । आरएमडीसी लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषाणा गरेको छ । भदौ २२ गते सोमबार आज बिहान बसेको कम्पनी सञ्चालक समितको बैठकले लगानीकर्तालाई बोनस र नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।







