काठमाडौं : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. राजिव झाले जानकारी दिए।
जोशीको शरीरको बायाँ पाटो पूरै पक्षघात भएको छ। दाहिने हातखुट्टा भने आज बिहानदेखि केही चलेको डा. झाले बताए।
सिटिस्क्यान गरेर रिपोर्ट हेरेपछि आइतबार बिहान थप कुरा बताउन सकिने डा. झाको भनाइ छ।






