Home / Nepal / News / गायक कृष्ण पौडेलको नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक

गायक कृष्ण पौडेलको नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक

काठमाडौं : गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन्। आफ्नै शब्द र संगीत रहेको गितमा उनलाई गायिका आरती अधिकारीले साथ दिएकी छिन्।

पछिल्लो समयको माया प्रेमको भावनालाई समेटेर गीत तयार गरिएको गायक पौडलले बताए। गीतले जिन्दगीको वास्तविकता आभास गराउने बताए। विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन्।

सविन गुरूङको कोरियोग्राफी रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय छ।भिडियो छायाङन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *