Home / Nepal / News / नेपाल-भारत सीमामा गोली हानाहान हुँदा एकजना तस्करको मृत्यु

नेपाल-भारत सीमामा गोली हानाहान हुँदा एकजना तस्करको मृत्यु

काठमाडौं : कञ्चनपुरको बेलौरी नगरपालिका ७, पौलाहा मा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजना तस्करको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार नेपाल-भारत सीमा क्षेत्रनजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करको समूहले गोली चलाएपछि जवाफी फायरिङमा एकजनाको मृत्यु भएको हो।

प्रहरीको गोली लागेर मृत्यु भएको मृतक भारतीय रहे पनि पूरा परिचय खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *