Home / Nepal / News / चलचित्र ‘एक’को मोसन पोस्टर सार्वजनिक

चलचित्र ‘एक’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं : असोज २१ गते रिलिज हुने चलचित्र ‘एक’को मोसन पोस्टर सार्वजनिक गरिएको छ।

मनोज पण्डितले निर्देशनको निर्देशन रहेको चलचित्र `एक´को मोसन पोस्टरमा चलचित्रका मुख्य पात्र विशाल पोखरेल र प्रमोद अग्रहरीलाई देख्न सकिन्छ। उनीहरुको एक्सन पोस्टरमा देख्न सकिन्छ।

देशको सार्वभौमिकतामा असर पार्ने तत्त्वहरु विरुद्ध एउटा दस्ताले गरेको मिसन नै चलचित्रको वानलाइन स्टोरी हो ।
“देशभित्र राजनीतिक अस्थिरता र विखण्डनकारी शक्तिहरुलाई उदय हुन दिन हुँदैन भन्नेतर्फ यो चलचित्रले कथा उठान गरेको छ,” मनोज भन्छन्, “देशका लागि आफ्नो तर्फबाट कुनै न कुनैतर्फबाट योगदान गर्न प्रेरित यो चलचित्रले गर्छ भन्ने हाम्रो विश्वास छ ।”

देश एक हुनुपर्छ भन्ने कथा भन्ने चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने छ । “धेरै सिनेमा निर्माण सकेर पनि ओटीटीमा रिलिज हुन सकेका छैनन् । तर, अबको बजार डिजिटल नै हो र यसको सुरुआत गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ,” निर्देशक पण्डित भन्छन्, “हलमा रिलिजकै लागि निर्माताहरुले एमजी मागिरहेका बेला मैले बिना एमजी नै ओटीटीमा रिलिज गर्न लागेको हुँ ।”

‘एक’ मा ५० लाख लगानी रहेको छ । विशाल पोखरेल, प्रमोद अग्रहरी, ज्योत्सना योगी र प्रमोद खड्का चलचित्रको मुख्य भूमिकामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *