काठमाडौं : बिगठित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर भएका सबै रिटको सुनुवाइ अब एकसाथ संवैधानिक इजलासमा हुने भएको छ।
बुधवार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले सबै रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएका थिए। यस सङै अब सबै रिटको सुनुवाइ शुक्रबार एकसाथ हुने सर्बोच्च्ले जनाएको छ।
सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न तत्कालका लागि माग गरिएको अन्तरिम आदेश दिन समेत अस्वीकार गरेको ।
संवैधानिक इजलासमा पक्ष विपक्षको सुनुवाइपछि मात्र राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय रोक्ने वा नरोक्ने विषयको छिनोफानो हुने र त्य्सपछि मात्र अन्तरिम आदेश हुनसक्ने बुझिएको छ।
रिट निवेदकले तत्काल अन्तरिम आदेश जारी नभए मुलुकलाई अपूरणीय क्षति हुने भएकाले प्रारम्भमै अन्तरिम आदेशमार्फत रोक्नुपर्ने माग गरेका भएपनि सर्बोच्च्ले कुनै दिएको छैन ।






