Home / Society / मेलम्ची इन्द्रावती नदीमा पुन बाढी तटिय क्षेत्रका मानिसहरुलाइ सतर्क रहन आग्रह

मेलम्ची इन्द्रावती नदीमा पुन बाढी तटिय क्षेत्रका मानिसहरुलाइ सतर्क रहन आग्रह

काठमाडौं- गत हप्ता मेलम्ची र इन्द्रावती नदीमा आएको उच्च बाढीले धनजनको ठूलो क्षति गरेको हेलम्बु , मेलम्ची ,लगायत स्थानमा फेरी बाढी आएको छ।

यि २ नदीमा आएको बाढीसँगै सिन्धुपाल्चोकको दोलालघाट लगायत सुनकोशी किनारामा रहेका बस्तीहरुमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको बाढीसँगै नदीमा बहाव बढ़ने सम्भावना भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च तर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । लगातारको बाढीले अरनिको राजमार्गस्थित दोलालघाटको पुलमा समेत क्षति पुग्न सक्ने जनाइएको छ ।

यसअघि असार १ गतेको बाढीले मलेम्ची बजारमा अकल्पनीय क्षति पुगेको छ भने हेलम्बु लगायत दर्जनौं स्थानमा सयौं रोपनी खेतीयोग्य जमिन पुरीएको छ । गत मंगलबारको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका हजारौ मानिस सुकुम्बासी बनेका छन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *