सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी
आन्तरिक उडान खुला गरेको छ । उडान खुला गर्ने निर्णय संगै आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन भर्न पाउनेछन् ।
यसका लागी नागरिक उड्डयन प्राधिकरण , नागरिक उड्ड्यन मन्त्रालय र सरोकारवालाहरुसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने छ ।
यसैबीच, सरकारले दुबई, कुवेत, साउदी अरेबिया ओमन , मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गर्ने समेत निर्णय गरेको छ।
हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ। जसअनुसार काठमाडौं दोहा उडान सातामा ४ पटक गरीनेछ्।






