Home / World News / जापानमा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत ७ जना नेपाली निको भए

जापानमा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत ७ जना नेपाली निको भए

टोकियो। आईतबार ०५ तारिख जापानभर २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिन जापानमा कोरोना संक्रमण दैनिक २०० जनाभन्दा बढि पुष्टि हुँदैआएको छ ।

आईतबार टोकियोमा १११ जना,साईतामा केनमा २१ जना,खानागावा केनमा २० जना,खागोसिमा केनमा १३ जना,फुकुओका केनमा ९ जना,चिबा केनमा ७ जना,ओसाकामा ६ जना, ह्योगो र नारा केनमा २/२ जना,होक्काईदो,क्योतो,तोचिगी तथा मियाजाकीमा १/१ जना संक्रमित पुष्टि भएका हुन् ।

यसका साथै एयरपोर्ट क्वारेनटाईन परिक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।

दैनिक २०० जनाको हाराहारीमा संक्रमित पुष्टि भएता पनि पछिल्लादिनमा नेपाली समुदायमा संक्रमण देखिएको छैन । स्मरण रहोस्, यस अघि पनि जम्मा ७ जनामा संक्रमण देखिएता पनि सबै जनाले स्वास्थ्य लाभ लिएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *