Home / World News / एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित, कुल एक करोड ११ लाख २५ हजार जनामा संक्रमण

एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित, कुल एक करोड ११ लाख २५ हजार जनामा संक्रमण

काठमाडौैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएको डब्लूएचओले जनाएको छ । 

शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा एक करोड ११ लाख २५ हजार २४५ जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख २८ हजार २०४ जनाको मृत्यु भइसकेको छ । 

नेपालमा १५ हजार ७८४ मा संक्रमण पुष्टि भइसकेको छ भने ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *