Home / World News / रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

काठमाडौं : रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेका छन्। आइतबार राति भएको खेलमा सोसिडाडले इबरसँग १–१ गोलको बराबरी खेल्दै अंक बडेको हो। घेरेलु मैदानमा भएको खेलमा सोसिडाडका लागि आन्द्र बारेनेटेक्सले एक गोल गरे । त्यस्तै सेर्जि इन्रेचले एक गोेल फर्काए। 

खेलको २० औं मिनेटमा आन्द्रेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। पहिलोे हाफमा १–० गोलकोे अग्रता बनाएको सोसिडाडले आफ्नो अग्रता अन्तिम समयसम्म जोगाउन सकेन।

६५ औं मिनेटमा सेर्जि एन्रिचले पाहुना टोली इबरका लागि बराबरी गोल फर्काए। बराबरीसँगै सोसिडाडले आफूलाई शीर्ष स्थानमा पुर्याएका हुन्। लिगमा १३ खेल खेल्दै सोसिडाडले २६ अंक जोडेका छन्। यता, इबर १५ अंकसहित तालिकाको आठौं स्थानमा छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *