Home / Nepal / धनकुटामा नर्स र प्रहरी सहित ५ जनामा संक्रमण, संक्रमितको संख्या ४ सय ७ पुग्यो

धनकुटामा नर्स र प्रहरी सहित ५ जनामा संक्रमण, संक्रमितको संख्या ४ सय ७ पुग्यो

धरान । धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।

यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ। मंगलबार नै २७ जना संक्रमित थपिएका हुन् ।

जिल्ला समाचार

Tagged:

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *