दमक । झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको कोसी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिइन् ।
विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।







One Comment