सिन्धुपाल्चोकको हेलम्बु स्थित ईलाका प्रहरी कार्यालयको भवन विद्यालय भवन र हेलम्बु गाँउपालिका वडा नम्बर २ को वडा कार्यालय शुक्रवार राती आएको बाढीले बगाएको छ।
गत मंगलवारबाट गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको प्रहरीले बतएको छ।
भवनहरूमा रहेका केही महत्वपूर्ण कागजात र सामानहरु भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छभने सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ।






