काठमाडौं- मंगलबार ३२३ जना नेपालीहरुले श्रम स्वीकृती लिएका छन्। आज श्रम स्वीकृती लिनेमा २९२ जना पुरुष र ३१ जना महिला भएको बैदेशिक रोजगार ताहाचलले जनाएको छ।
आज असोज ६ गते सम्म ९५० जना पुरुष र ६८ जना महिला गरी कुल १०१८ जनाले श्रम स्वीकृती लिएका छन्।
असोज महिनाको सुरुका ६ दिनमा श्रम स्वीकृती लिनेमा सबै भन्दा धेरै युएइ जानको लागि स्वीकृती लिएका छन्। यूएई जानको लागि विगत ६ दिनमा ४ सय ३८ जनाले स्वीकृती लिएको कार्यालयले जनाएको छ ।






