काठमाडौँ: काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि सहित देशभरीमा १ हजार ३ सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५ सय ११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण संगै देशभरीमा कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ। यसै गरि मङ्लबारमात्र कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ सय २३ सहित नेपालमा हालसम्म ४८ हजार ६१ जना कोरोना संक्रमणमुक्त भएका छन।
यस्तै नेपालमा संक्रमणबाट कुल ४ सय २९ जना संक्रमितको मृत्यु भएको छ।






