रुकुम–पूर्व : जिल्ला प्रशासन कार्यालय (रुकुम–पूर्व) ले आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषगरि जम्मा ९०७ नयाँ नागरिकता छ महिनाको अवधिमा वितरण गरेको छ।
कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै गएको आर्थिक वर्षमा एक वर्षको अवधिमा एक हजार ७३ लाई नागरिकता वितरण गरिएको थियो। आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको सङ्ख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।
प्रजिअ राईका अनुसार ३१३ लाई प्रतिलिपि नागरिकता वितरण गरिएको र तीन हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ। जसमा ६३२ महिला र ३१२ पुरुष छन्।
अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ ले राहधानीका लागि सिफारिस लिएका छन्। जसमा १३५ महिला र १७८ पुरुष छन्। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै सुझाव सङ्कलन पनि गरेको छ।






