Home / Nepal / प्रहरी महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

प्रहरी महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

काठमाडौं : नेपाल प्रहरीले शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी प्रहरी महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा अतिरिक्त काम थालेको छ।

महानिरीक्षक पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकताअनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने छन्। साथै निर्वाचनमा चाहिने स्रोत, साधन र आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गरिने समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन–स्रोत माग गर्ने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

यस्तै, गृह मन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनओटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ। निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने र अपुग साधन–स्रोतको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराउनेछ। प्रहरीका निर्वाचनसम्बन्धीका हरेक गतिविधि यही समितिमार्फत हुने सोहीअनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *