Home / Sports / गौरिका वर्षकै उत्कृष्ट महिला खेलाडी घोषित

गौरिका वर्षकै उत्कृष्ट महिला खेलाडी घोषित

काठमाडौं : ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्।

गौरिका वर्षकै उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्।
नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा उनले चार स्वर्णसहित ९ पदक जितेकी थिइन्।

अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन्।

उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्विमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन्।

त्यस्तै, २०० मिटर फ्री-स्टायल, २०० मिटर ब्याक स्ट्रोक, ४०० मिटर फ्री-स्टायल र १०० मिटर फ्री-स्टायलमा स्वर्ण पदक जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *