विराटनगर : सुनसरीको धरान उपमहानगरपालिकामा फेरि कडा लकडाउन गर्ने प्रशासनले निर्णय गरेको छ। कोरोना संक्रमणको फैलावटका हिसाबले प्रदेश १ नै ‘हटस्पट’ बनेपछि भदौ ४ गतेदेखि सुरु हुने १० दिने लकडाउन अवधिभर औषधि पसलबाहेक अरू सबै क्षेत्र बन्द हुने छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार कार्यपालिकाले लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि भदौ ४ देखि १३ गतेसम्म लकडाउन गर्न आदेश जारी गरेका हुन। यस अवधिमिा सर्वसाधारणहरूको हिँडडुल र आवतजावतलाई पूर्ण रूपमा रोक लगाइने छ ।
कोशी राजमार्ग भएर चल्ने सवारीसाधनहरूलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन निषेध गरिएको छ ।
दुग्धजन्य पदार्थ पसलको ढोवा वा सर्टर नखोली बिहान ७ बजेभित्र विक्री वितरण गरिसक्नुपर्ने प्रशासनको सूचनामा जनाइएको छ । वीपी प्रतिष्ठान धरानमा उपचार गर्न आउने बिरामीलाई भने भरपर्दो व्यवस्थ मिलाइने भएको छ ।






