Home / Nepal / कोरोनाको संक्रमणबाट वीरगन्‍जमा १७ वर्षीया किशोरीको मृत्यु

कोरोनाको संक्रमणबाट वीरगन्‍जमा १७ वर्षीया किशोरीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वीरगन्‍जमा १७ वर्षीया किशोरीको मृत्यु भएको छ । 

बिरगन्ज २१ की ती किशोरीको वीरगन्‍ज हेल्थ केयरमा परीक्षणका क्रममा आरडीटी पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आइपुगेको केही क्षणमै उनको ज्यान गएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताए ।

उनका अनुसार ती किशोरीको स्वाब बिहान संकलन गरेर परीक्षणका लागि पठाइएको थियो तर बेलुका आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ भने ती किशोरीको पनि करिब २ घण्टाअघि मृत्यु भएको छ ।

उनले भने, “ती किशोरीलाई भाईरल ज्वरो देखिएको थियो ।” 

त्यसैगरी ,  बिहान नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचारर क्ममा वीरगन्‍ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *