काठमाडौँ: नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्युु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र १३ जना पुरुष रहेका छन। यसरी मृत्यु हुनेमा मकवानपुरकी १७, ललितपुरकी ५८ र दोलखाकी ५२ वर्षीया महिला रहेकाछन।
यसैगरी झापाका ७२, सुनसरीका ४९, पर्साका ८८, काठमाडौंका ५८ र ७३, भक्तपुरका ८४ र ६२, मकवानपुरका ६८ , ललितपुरका ६१ , चितवनका ५५ , रुपन्देहीका ६७, बाँकेका ५० र ५ ९ वर्षीया पुरुषको ज्यान गएको हो।
हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।






