- दीर्घराज प्रसाई
हिमवत्खण्ड–नेपाल सभ्यताको चुचुरो ! हिमवत्खण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । २०६३ सालपछि नेपालकै पार्टीका दलाल नेताहरुले नेपालको सार्वभौम अस्तित्व नष्ट गर्न लागेका छन् अव राजाको उपस्थितिमा देशको अस्तित्व र पहिचान बचाएर हिड्न सक्ने नेतृत्व नेपालले खोजेको छ !
पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानशरोवर र दक्षिणमा गंगासम्मको भूभाग नैं ‘हिमवत्खण्ड–नेपाल’ हो । समयकाल परिस्थितिले हिमवतखण्ड विभिन्न टुक्रामा विभाजित हुन पुग्यो । हिमवत्खण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि‘ भनेका थिए । कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा ‘’हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् ।
अर्जुनले धनुर्विद्याको विशेष ज्ञान किरात प्रदेशमैं प्राप्त गरेको कुरा महाभारतमा उल्लेख छ । महाभारतमा– ‘नेपाल विषय राजन्’ भनेको कुरा उल्लेख छ । मानवीय जीवनशैली र सभ्यता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’सभ्यताको चुचुरो मानिन्छन् ।हिमवतखण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए ।
नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि इटाली पनि ससाना राज्यमा विभाजित थियो जसलाई कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो । त्यस्तै नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेष्टुरेसन पछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखाप¥यो ।नेपालको एकीकरण हुनुभन्दा दुईदशक भन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रकोरुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियोे ।
त्योसमयभन्दा पहिले पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टक्र्रा टुक्रामा विभाजित हिमवत्खण्डका हिन्दूराज्यहरु एकीकरण गरेर विश्वको एकमात्र हिन्दूअधिराज्य एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका हुन् ।हिन्दु दर्शनको मूलनीति हो– ‘आत्मनं प्रतिकुलानि परेषां नसमाचरेत् ।’ अर्थात आफूलाई प्रूितकुल लाग्ने नराम्रो कुरा अरुहरुको लागि पनि नगरियोस् । हामी कतिपय हिन्दु तथा बौद्धहरुलाई पराई धर्म प्रचारकहरुले दिग्भ्रमित बनाउन सक्छन् ।
वैदिककालदेखि ऋगवेद, यजुर्वद, अर्थ र सामवेदको साधनाबाट हुर्केका धर्मअनुरागीहरुले श्रीमद्भागवत महापुराणलाई भ्रमित बनाएर इसाईहरुका झूठा कुराको काल्पनिक जालमा परेर आफ्नो स्वधर्मलाई अपमान गर्ने धृष्टता गर्नु हुन्न । मूल सडक छँदाछँदै चोर बाटो हिडेर हिन्दु महासागरलाई प्रदुषित बनाउने कार्य उचित होइन ।
हामीभित्र बुझेर वा नबुझेर हिन्दु दर्शनभित्र उब्जेका बिकृतिहरुमा सुधार गर्नमा हामीहरु सहमत हुनुपर्दछ । हामीभित्र विभाजन ल्याएर हामे सभ्यतालाई भङ्ग गर्न चहानेहरु मध्ये इसाई र यही भित्र पनि त्यस्ता अपराधीहरु पनि छन् । त्यस्ता कुचक्रीहरुबाट सतर्क हुन हामी सबैको कर्तव्य हो । हामीलाई पराई धर्मको ज्ञान चाहिदैन । हिन्दु जगत प्रजातान्त्रिक र आफै सम्पन्न छ ।
वैदिक हिन्दु धर्म विश्वमा सभ्यताको द्योतक हो । वैदिक हिन्दु धर्म नैं विश्वमा सभ्यताको द्योतक हो ।पूर्वमा ब्रम्हपुत्रक्षेत्रको परशुराम कुण्ड, कामाक्ष कामरुप, महाभारतयुगीन विराटक्षेत्र, बराहक्षेत्र, पिण्डेश्वर, वैदिककालीन मिथिलाप्रदेशमा जनक राजा र त्यसबेलाका महान श्रृषि, भिदुषीहरुको योगदान, गौेतम बुद्धको जन्मभूमिको अस्मिता बचाएर सगौरव हामीलाई नेपाली भएर बाँच्नमा गौरव छ । हामी नेपालीहरु राष्ट्रिय एकता, हाम्रा मौलिक संस्कृतिका बिरुद्धको विदेशी हस्तक्षेपबाट मुक्त हुन चहान्छौ ।
२०६३ सालपछि यो देश माथि विदेशी सैतानहरुबाट नेपालकै पार्टीका दलाल नेताहरु प्रयोग गरेर नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्र लाध्न लगाएर नेपालको सार्वभौम अस्तित्व र यसभित्रका सम्पूर्ण पहिचानहरु नष्ट गर्न लागेका छन् । यसको बिरुद्ध तमाम नेपालीहरु, हिन्दु तथा बौद्धहरु लडेर नेपाललाई हिन्दु तथा बौद्ध राष्ट्र कायम राख्न सशक्त बन्नसक्नु पर्छ ।
आफ्नो घरमा आगौ लगाउन आउने परचक्रीलाई आक्रमण गर्नु हिन्दु तथा बौद्धहरुको कर्तव्य हो ।मुसलमानधर्म पनि हिन्दुु तथा बौद्धको प्रतिकुल धर्म हो । तथापि इसाईहरु जस्तो आपराधिक तरिकाले नेपालमा मुस्लिमधर्मले हिन्दु तथा बौद्ध अस्मिता माथि प्रत्यक्ष हानी पु¥याउने काम गरेको छैन । नेपालको राष्ट्रिय एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाहले विक्रम संवत् १८०० मा बनारसबाटै मुसलमान कालिगड र मुसलमान योद्धाहरु समेत लिएर आएका र नेपालको एकीकरणमा अंग्रेसी साम्राज्यको बिरुद्ध मुसलमानहरु समेतले साथ दिएको हुँदा मुसलमानहरु हिन्दु तथा बौद्धको बिरुद्ध छैनन् ।नेपालमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, ब्रामण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवघि जो जति छौं हामी सबै हिन्दु तथा बौद्ध हौं । शेर्पा, तामांग र केही नेवार वौद्ध धर्मप्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो ।
हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी, मान्साहारी, जनै लाउने नलाउने सबै हिन्दु हुन् । आआफ्नो इच्छा अनुसार हिड्न हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा हिन्दु तथा बौद्ध अत्यन्त उदार र प्रजातान्त्रिक मान्यता हो । बितेका १३ बर्षदेखि माओवादी, कांग्रेस, एमालेहरु अझै पनि यहीपाराले हिड्छन् भने भोलिका दिनमा यिनीहरुले लुक्ने ठाउँ पनि पाउने छैनन् । माओवादी, कांग्रेस, एमाले पार्टीका नेताहरुले धर्मनिरपेक्षको नाममा नेपाललाई इसाईकरण गर्ने, गणतन्त्रको नाममा देशलाई संरक्षणविहीन बनाएर एकीकृत नेपाललाई संघीयताको रोग लाधेर देश विखण्डन गराउन २०७२ सालको संविधानको रट लगाएर जनतालाई दिग्भ्रमित बनाउन खोजिरहेका छन् ।
भौगोलिक र जातीय विधिधताको कारणले नेपाल यति सम्वेशनशील अवस्थामा छ कि यहाँको भाषा, जाती, धर्म, क्षेत्रीयता बारेमा हचुवाका भरमा बोल्ने, लेख्ने, भडकाउने काम भयो भने चौतर्फी छताछुल्ल हुन्छ । नेपाल अधिराज्यका विभिन्न जाति, भाषा, धर्म माथि सहअस्त्वि कायम राख्नु नेपालको राष्ट्रिय एकीकरणपछि स्थापित मान्यता हो । नेपाल अधिराज्यमा हिमाल, पहाड, तराई आ–आफ्नै प्राकुतिक सिर्जना हुन् । नेपालको प्राकृतिक विविधताको कारणले नेपाललाई विश्वमा सानो संसार मानिन्छ ।
प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमा नैं नेपाल एक समृद्ध मुलुक हो । यसका प्राकृतिक स्रोतलाई परिचालन गर्ने र नेपालमा हिन्दु देवदेवता, मन्दिर, धाम तथा बौद्धभूमिलाई विश्वमा प्रदर्शन गरिएमा विश्वको समृद्ध भूमि बन्न सक्छ । स्वदेशी कुचक्री र परचक्रीहरुको कारणले नेपाल अहिले अन्धकारमा फसेको छ । तरः नेपालमा हिन्दु तथा बौद्धधर्मका बिरद्ध जेजस्ता षडयन्त्रहरु भइरहेका छन् त्यस्ता षडयन्त्रको बिरद्धमा हामी हिन्दु तथा बौद्ध जहाँ–जहाँ छौं आफ्नो पहिचान जोगाउन सशक्त बनौं ।
नेपालको राजसंस्था भनेको सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो । नेपालका राजाहरू त्रिभूवन, राजा महेन्द्र, राजा वीरेन्द्रलगायत राजा ज्ञानेन्द्रलगायत कुनै पनि राजाहरूले सामन्त शोषकहरूको पक्ष नलिएर गरीब तथा अन्याय परेकाको मात्र पक्षमा बोल्ने र हुकुम प्रमांगी गरेका मात्र उदाहरणहरू छन् । अव राजाको उपस्थितिमा देशको अस्तित्व र पहिचान बचाएर हिड्न सक्ने नेतृत्व नेपालले खोजेको छ ।
अतः पार्टीहरू र पार्टी बाहिरका सम्पूर्ण राष्ट्रवादीहरूले हिन्दुअधिराज्यकासाथ राजसंस्थाको निरन्तरतामा आवद्ध हने प्रतिवद्धता जनाउँदै राष्ट्र बचाउन कटिवद्ध हुनुपर्छ ।
-दीर्घराज प्रसाई






