Home / Nepal / News / काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणीको अभियोगमा ३ जना पक्राउ

काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणीको अभियोगमा ३ जना पक्राउ

धुलिखेल: पोल्ट्री फार्ममा कार्यरत महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन।

धुलिखेल नगरपालिका स्थित प्रभातपोल्ट्री फार्ममा काम गर्ने रामेछाप मन्थलीकि ती महिलालाइ आफ्नै सहकर्मीले जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना युबालाइ प्रहरीले पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेका २२ वर्षीय विशाल आले, मकवानपुर जिल्लाको हेटौंडाका २८ वर्षीय अमृत खड्का र भारतको पश्चिमबंगालका २३ बर्षीय रधुनाथ मण्डललाई पक्राउ गरिएको हो।

उनिहरुलाइ जबरजस्ती करणी ऐन अनुसार मुद्दा  चलाउने जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *