काठमाडौ : आज श्रावण सुक्ल पन्चमी अर्थात नाग पन्चमी पर्व हिन्दुधर्मावलम्बीले विशेष रौनकका साथ नागको पुजा गर्दै मनाउने गरिन्छ।
नागपन्चमीमा अवसरमा काठमाडौंको नागपोखरी,नागढुङा नाग मन्दिर, ललितपुरको नागदह, काभ्रे पनौतिको बासुकी नाग मन्दिर, भक्तपुरको चांगुनारायण मन्दिर तथा उपत्यका बाहिरका विभिन्न नाग मन्दिरहरुमा विशेष मेला तथा दर्सन गर्ने गरिन्छ।
गरुड पुराणमा उल्लेख गरे अनुसार आजका दिन नागलाइ प्रार्थना गर्नु शुभ मानिन्छ र यसले आफ्नो जीवनमा शुभ समाचार ल्याउँछ भन्ने बिश्वास गरिन्छ।
महाभारतका अनुसार ब्रह्माका छोरा कश्यपले प्रजापतिका छोरीहरु कद्रु र विनाता सङ विवाह गरे। त्यसपछि कद्रूले नागाको समूहलाई जन्म दिएकि र विनाताले अरुण र गरुड जन्म दिइन जो सूर्यका सारथी र भगवान विष्णुको वाहकको रुपमा चिनिन्छ। यसलाइ नागपन्चमी सङ जोडेर हेर्ने गरिएको छ।
तर यसपाली बिस्वब्यापी कोरोनाको त्रासले दर्सनार्थीहरुको घुइँचो नहुने देखिएको छ। विभिन्न जिल्ला तथा स्थानहरुमा मानिसलाई घुम्न मेला तथा मानिस जम्मा हुन रोक लगाइएको कारणले विभिन्न स्थानमा हुने मेलाहरु प्रभावित भएका छ्न।
विशेष गरेर आजका दिन हिन्दु धर्मावलम्बीले नागको फोटो आफ्नो घरको ढोकामा टासेर पुजा गर्दै नाग देवतालाइ दूध तथा जल चढाउने प्रचलन रहेको छ। नागको फोटो टासेर यसरी पुजा गर्नाले घरमा बर्सदिन भरी सर्पको त्रास बाट मुक्त भइने बिश्वास गरिदै आएको छ।






