नुवाकोट : नुवाकोटमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको हो।
आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ।
पहिरोले घरसमेत जोखिममा परेको बताइएको छ। रासस






