Home / World News / बुर्किना फासोमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु

बुर्किना फासोमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु

बुर्किना फासो । बुर्किना फासोको ‘क्याटल मार्केट’ (पशु बजार) मा एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मोटरबाइकमा आएका एक बन्धुकधारीले कोमपिंगास्थित सहरको उक्त पशु बजारमा अन्धाधुन्ध गोली चालएका थिए । 

उक्त गोली काण्डमा कसको हात थियो भन्‍ने खुलेको छैन । 

पछिल्ला केही महिनामा जिहादी र अन्तरसामुदायिक हिंसात्मक द्वन्द्वहरु भएका थिए । उक्त हिंसात्मक द्वन्द्वका कारण सयौं हजार मानिसहरु घरबार छोडेर भागेका थिए । 

त्यसैगरी शुक्रबार इस्लामिक मिलिसियाले गरेको शंकास्पद आक्रमणमा १५ जनाको मृत्यु भएको थियो । 

सरकारले उक्त आक्रमणलाई आतंककारी हमला भएको बताएको छ । – बीबीसी 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *